विश्वकप सुरु हुने दुई दिनअघि आइपिएल फाइनल
hamrokhelkud.com · Mon Jul 26 05:30:22 GMT 2021
सोमबार, साउन ११, २०७८
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनल आगमी अक्टोबर १५ मा दुबईमा हुने भएको छ। द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आइपिएल २०२१ को बाँकी खेल सार्वजनिक गरेको छ । आइपिएल १९ सेप्टेम्बरबाट सुरु हुने छ ।
गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित भएको थियो । आइपिएलका २९ खेल सकि सकेका छन् । ३० औं खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सको खेलबाट सुरु हुने छ । टि२० विश्वकप २०२१ पनि यूएई र ओमानमा हुँदै छ । टि२० विश्वकप १७ अक्टोबर देखि सुरु हुने छ । अर्थात आइपिएल सकिएको दुई दिनपछि टि२० विश्वकप सुरु हुने छ ।
गत वैशाख २१ मा आठ मध्य चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको थियो । आइपिएलको ३० औं खेलमा कोलकाता र बेंगलोरको खेल कोरोना कारण स्थगित भएको थियो । लगत्तै अर्को दिन हैदराबाद र मुम्बईबीचको खेलको क्रममा कोरोना देखिएपछि आइपिएलनै सर्न पुगेको थियो ।
टि२० विश्वकपका सुरुवाती सबै खेल ओमान हुने सम्भावना छ । तर आइसिसीले खेल तालिका भने सार्वजनिक गरेको छैन । टि२० विश्वकप १७ अक्टोबर देखि १४ नोभेम्बर सम्म चल्ने छ । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।
सुपर १२ को ग्रुप एक मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ । सुपर १२ बाट हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।
आइपिएल युएईमा तेस्रो पटक हुन लागेको हो । गत संस्करण कोरोना महामारीको कारण सबै सिजन युएईमा सफलता पूर्वक सम्पन्न भएको थियो । २०१४ मा भारतमा आम निर्वाचनको कारण आइपिएलका केहि खेल भएका थिए । आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।
Read full story at source (hamrokhelkud.com)