पुलिसिकको गोलमा सेनेगलमाथि अमेरिकाको जित
onlinekhabar.com · Mon Jun 01 04:28:30 GMT 2026
१८ जेठ, काठमाडौं । अमेरिकाले विश्वकप तयारीअन्तर्गतको मैत्रीपूर्ण खेलमा सेनेगल लाई ३–२ ले पराजित गरेको छ । अमेरिकाको जितमा सर्जिनो डेस्ट, क्रिस्टियन पुलिसिक र फोलारिन बालोगुन ले गोल गरे।
खेलको सातौं मिनेटमा डेस्टले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा पुलिसिकले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । पुलिसिकको यो नोभेम्बर २०२४ यताकै पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
Read full story at source (onlinekhabar.com)