पूर्वप्रधानमन्त्री खनाल भन्छन्- राष्ट्र विरोधी अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई कुर्सीमा बस्न सुहाउदैन
kendrabindu.com · Mon Jun 01 04:48:25 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति राष्ट्र विरोधी भएको बताएका छन् ।
सो अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गरेका छन् । ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दु:खद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो,’ खनालले फेसबुकमा लेखेका छन् ।
Read full story at source (kendrabindu.com)