सुदूरपश्चिमका मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपाको आग्रह, आफ्नै नेतृत्वमा सरकार बनाउन वार्ता टोली
shilapatra.com · Thu Jul 16 10:17:39 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गरेको छ । बिहीबार बसेको नेकपाको संसदीय दलको बैठकले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै उनले तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले अब सरकारको नेतृत्व पनि नेकपाले नै गर्नुपर्नेमा सांसदहरू एकमत देखिएका थिए । त्यसका लागि अन्य दलसँग छलफल र सहमति जुटाउन पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा संसदीय दलका नेता खगराज भट्टसहित प्रदेशसभा सदस्यहरू प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन् ।
Read full story at source (shilapatra.com)