ढकियामा बजेट, संस्कृति संरक्षणको सन्देश
gorkhapatraonline.com · Thu Jun 25 00:51:09 GMT 2026

दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा प्रवेश गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)