भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब
canadanepal.com · Thu Jul 16 10:40:06 GMT 2026

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवाका कर्मचारीको तलब वृद्धि १ साउनदेखि लागू हुने भएको छ।
बजेटअनुसार कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढाइएको छ। साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने उद्देश्यले नयाँ तलबमानको १० प्रतिशत बराबर प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। यसअघि दिइँदै आएको महँगी भत्ता यथावत् रहने भएकाले कर्मचारीको कुल मासिक पारिश्रमिक करिब २१ प्रतिशतसम्म वृद्धि हुने भएको छ।
Read full story at source (canadanepal.com)