भू–उपग्रह तस्वीरमा हिमपहिरो देखियो तर हिमतालमा उल्लेखनीय परिवर्तन भएको छैन
ratopati.com · Sat Aug 29 07:15:00 GMT 2026

नेपाल–चीन सीमावर्ती उच्च हिमाली क्षेत्रबाट भोटेकोसी नदीमा आएको आकस्मिक बाढीको सम्भावित कारणबारे गरिएको प्रारम्भिक भू–उपग्रहको तस्वीर विश्लेषणले महत्वपूर्ण तथ्य उजागर गरेको छ । २६ अगस्ट २०२६ को ल्याण्डस्याट र २७ अगस्ट २०२६ को सेन्टिनेल भू–उपग्रह तस्वीरको तुलनात्मक अध्ययन गर्दा रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएको संकेत देखिएको छ ।
तर सोही अवधिका तस्वीरमा सम्बन्धित हिमतालमा ठूलो वा असामान्य परिवर्तन देखिएको छैन ।
Read full story at source (ratopati.com)