त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
ratopati.com · Thu Jul 16 10:42:46 GMT 2026

काठमाडौँ । नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक जना युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब १ बजेर १० मिनेटमा विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूलीमा हाम फालेका हुन् ।
नयाँ पुलबाट हाम फालेर बेपत्ता भएका मग्रातीको खोजी भइरहेको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए । उनको खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । हाम फाल्नुको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Read full story at source (ratopati.com)