रूस युक्रेन द्वन्द्वमा पाँच जनाको मृत्यु
barnanmedia.com · Thu Jul 16 10:50:55 GMT 2026

युक्रेन, असार ३२ गते । रूस र युक्रेनबिच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूसबिरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ ।
युक्रेनी गोलाबारीले रूसको पश्चिमी सीमा क्षेत्र ब्रायन्स्कको एउटा गाउँमा १५ वर्षीया बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले बताउनुभएको छ । यसै गरी मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रूसको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का एक जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
Read full story at source (barnanmedia.com)