एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
baahrakhari.com · Thu Jul 16 11:14:01 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न बिहीबार (असार ३२) बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । थुनामुक्त गर्न जारी भएको आदेशको प्रति आजै महोत्तरीको जलेश्वरस्थित कारागार कार्यालयलाई पठाइएको छ ।
Read full story at source (baahrakhari.com)