सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध
kendrabindu.com · Sat Jun 06 08:07:40 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
गए रातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। उनका अनुसार पहिरोले पाँचपन–चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ।
Read full story at source (kendrabindu.com)