लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
ratopati.com · Thu Jul 16 11:27:39 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
पूर्वसांसद कोइरीको हकमा उनका छोरा मनोज कुमार महतोले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमा इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी लगायतलाई विपक्षी बनाइएको थियो ।
Read full story at source (ratopati.com)