१९४ जनामा कोरोना संक्रमण पुष्टि,३४८ जना संक्रमण मुक्त
mahendranagarpost.com · Tue Mar 08 12:17:11 GMT 2022
काठमाडौं – पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल ११० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३४८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ।
Read full story at source (mahendranagarpost.com)