त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन
khabarhub.com · Sat Aug 29 07:17:57 GMT 2026

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना पाएपछि विगत दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो।
सरकारले प्राथमिकताका साथ सुरक्षा निकायको संयुक्त उद्धार टोली परिचालन गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष पन्छाउँदै भित्र प्रवेश गर्ने बाटो खुलाउने प्रयास गरिरहेको छ।
Read full story at source (khabarhub.com)