अविरल कर्मको पदचाप
annapurnapost.com · Sat Aug 29 07:16:09 GMT 2026

लेखकको विद्वत्ता र शैलीले पाठकलाई न हेप्छ न तर्साउँछ, बरु लोभ्याउँछ। ज्ञान र चेतनाको विराट् प्रदर्शनी हो यो पुस्तक। किन्तु, पुस्तकले अप्रिय र असन्तोषका कुरा बोल्दैन। नबुझेका र अनुमान गर्न नसकिने कुराको उद्घाटन गरिदिन्छ।
अनेक घुम्ती र जंघार पार गर्ने तर नथाक्ने यात्रीको अविज्ञापित मीठो कथा हो यो। पुस्तक पढिसकेपछि एउटा क्यानभास तयार भयो, प्रत्येक विषय मूर्त छ, निश्छल छ, उज्यालो छ र गन्तव्य–पथमा ऋजुता छ। फेरि वक्रवाणीको आह्वान किन गर्नू ? यो ग्रन्थ पढिसकेपछि लाग्यो, लेखक डा. उद्धव राई वक्रसंवादका कुशल प्रयोक्ता हुन्। उनका प्रत्येक पाइलामा एउटा सुन्दर सादृश्य प्रस्तुत हुन्छ र समानान्तर रूपले अर्को स्थितिको कामना गर्दछ, तर ध्वनिमा। त्यो प्रतिध्वनित हुन्छ र राज्यतत्वसँग गुनासोसहितको अपिल गरिरहेको अर्थ दिन्छ। त्यहाँ कामना, प्रस्ताव र निर्देशन छ। परिवेश वा वातावरण निर्माणको सन्देश छ।
Read full story at source (annapurnapost.com)