आठ मिसाइल खसालेको जोर्डनको दाबी
barnanmedia.com · Thu Jul 16 11:33:31 GMT 2026

जोर्डनको सशस्त्र बलले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा इरानी मिसाइलहरूलाई सफलतापूर्वक खसालेको दाबी गरेको छ। जोर्डनलाई नै लक्षित गरी प्रहार गरिएका ती मिसाइलहरूलाई बिहीबार सेनाको हवाई रक्षा प्रणालीले बीचबाटोमै ध्वस्त पारेको हो।
जोर्डनियन सशस्त्र बलको जनरल कमान्डको एक सैन्य स्रोतले स्थापित रक्षात्मक र परिचालन प्रक्रिया अनुरूप ती मिसाइलहरू खसालिएको पुष्टि गरेको छ। सेनाले समयमै चालेको यस कदमका कारण कुनै पनि मानवीय चोटपटक वा भौतिक क्षति हुन नपाएको स्रोतले जनाएको छ।
Read full story at source (barnanmedia.com)