केरा किसानले अझै पाएनन् बीमाबापतको रकम
deshsanchar.com · Mon Apr 08 17:15:07 UTC 2024

चितवन – जिल्लामा केरा खेती गरेर बसेका किसानले १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन्। यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन्।
केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन्। उनले भने, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो। अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन।”
Read full story at source (deshsanchar.com)