इन्डोनेसियाको पपुवामा रहस्यमय विस्फोट, ५ जनाको मृत्यु
ratopati.com · Mon Jun 01 06:40:04 GMT 2026

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा ५ जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।
स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
Read full story at source (ratopati.com)