आलेखः फुसको छानोबाट सुरक्षित आवाससम्म
barnanmedia.com · Mon Jun 01 06:35:59 GMT 2026

चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो ।
बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने अवस्था थियो । “मानिसलाई खानासँगै सुरक्षित घर पनि आवश्यक हुन्छ,” बाबुराम भन्नुहुन्छ, “तर हाम्रो आर्थिक अवस्था कमजोर भएकाले जीवनभर पक्की घरमा बस्ने सपना पूरा होला भन्ने लागेको थिएन ।” बागमती सरकारले पक्की घर निर्माण गरिदिएपछि भने अहिले उहाँको परिवार ढुक्कसँग बस्न थालेको छ । “अब वर्षा र हावाहुरीको डर छैन,” उहाँ भन्नुहुन्छ्, “बच्चाहरू पनि सुरक्षित छन्, यही नै हाम्रो सबैभन्दा ठूलो खुसी हो ।”
Read full story at source (barnanmedia.com)