रोजगारमन्त्रीसँग उद्योगीको दु:खेसो– ३ महिना लगाएर काम सिकायो, ६ महिना टिक्दैनन्
shilapatra.com · Thu Jul 16 12:13:00 GMT 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बिहीबार निजीक्षेत्रका उद्योगी व्यसायीहरूसँग छलफल गर्दै सोधे, ‘तपाईंहरूले भोगेका समस्या केके छन् ?’ मन्त्री यादवको चासोपछि छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भने, ‘नयाँ मानिसलाई ६ महिना टिकाउन गाह्रो भयो ।’
कुनै पनि उद्योगधन्दामा अहिले नयाँ कामदार ६ महिनाभन्दा बढी टिकाउन गाह्रो भएको भन्दै अध्यक्ष श्रेष्ठले नीतिभन्दा पहिला वातावरण बनाउन आग्रह गरे । ‘हामीले ३ महिना लगाएर काम सिकाएकाहरू ६ महिना पनि टिक्दैनन्, युवा पलायन बढ्दा रोजगारी बढाउन चुनौती छ, रोजगारी खोज्न विदेश नै जानुपर्ने देश भयो नेपाल’, उनले भने ।
Read full story at source (shilapatra.com)