चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
rajdhanidaily.com · Mon Jun 01 07:07:23 GMT 2026
कास्की । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा ।
पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ । पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गर्नेहरूका लागि मर्दी खोलाको किनारैकिनार वनपाखा र भिर हुँदै करिब चार घण्टाको रमणीय यात्रा तय गर्न सकिन्छ ।
Read full story at source (rajdhanidaily.com)