प्यान नम्बर लिएर मात्रै काम गर्न राइडर र ड्राइभरलाई विभागको आह्वान
aarthiknews.com

काठमाडौं । स्थायी लेख नम्बर लिएर मात्रै काम गर्न राइड शेयरिङका चालकहरूलाई आन्तरिक राजस्व विभागले आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै प्यान नम्बर लिएर मात्रै चालकको काम गर्न भनेको हो ।
विभागका अनुसार टीडीएस कट्टा गर्नुपर्ने हुँदा चालकले अनिवार्य रुपमा प्यान नम्बर लिनु पर्दछ । आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ ले निर्धारण योग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकिएको वा भुक्तानीमा कर कट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था गरेको छ ।
Read full story at source (aarthiknews.com)