महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
clickmandu.com · Thu Jul 16 12:23:28 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–०७, झापा जिल्लामा रहेको पृथ्वी माध्यमिक विद्यालय, बरेङ्ग गाउँपालिका वडा न. ०४ बागलुङ्गमा रहको सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडा मकवानपुरमा रहेको वंशगोपाल आधारभूत विद्यालय, गैंडाकोट–०१, चितवनमा रहेको नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरक्षित र सहज रुपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्नको लागि विभिन्न रोटरी क्लबहरु मार्फत बैंकले आर्थिक सहयोग गरेको छ ।
Read full story at source (clickmandu.com)