भेनेजुएलामा शक्तिशाली ‘डबल भूकम्प’, ठूलो मानवीय क्षतिको आशंका
aarthiknews.com

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ३९ सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि व्यापक क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र ठूलो आर्थिक नोक्सानीको सम्भावना रहेको जनाएको छ।
यूएसजीएसका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्पपछि ३९ सेकेन्डमै ७.५ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिमतर्फ मोरोन आसपासको क्षेत्रमा रहेको बताइएको छ।
Read full story at source (aarthiknews.com)