तेस्रो पक्षको हस्तक्षेपको निष्कर्षसहित फिफाद्वारा एन्फा निलम्बित
aarthiknews.com
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको जनाएको छ। फिफा काउन्सिलको ब्युरोले एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै निलम्बनको निर्णय गरेको हो।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फाले फिफा विधानको धारा १४ अन्तर्गत सदस्य संघहरूको स्वतन्त्रता र स्वायत्ततासम्बन्धी प्रावधान उल्लंघन गरेको ठहर गरिएको छ। फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको पाइएको र त्यसले संघको स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने आधारभूत सिद्धान्तमाथि असर पारेको जनाएको छ।
Read full story at source (aarthiknews.com)