दोस्रो आवधिक योजना बनाउँदै तुलसीपुर उपमहानगर
ajakoartha.com · Mon Jun 01 07:53:00 GMT 2026

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मको पाँच वर्ष अवधिका लागि तयार पारेको दोस्रो आवधिक विकास योजनाको मस्यौदाउपर आइतबार वृहत अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला निकायको उपस्थिति थियो । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पहिलो आवधिक योजनाको समीक्षा गर्दै दोस्रो योजनालाई थप व्यवहारिक, नतिजामुखी र तुलसीपुरको दिगो विकासमा केन्द्रित बनाइने बताए । उनले नगरको आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल रुपान्तरणका क्षेत्रलाई प्राथमिकतामा राखेर पाँच वर्षभित्र ठोस परिवर्तन देखिने गरी योजना ल्याउन लागिएको जानकारी दिए ।
Read full story at source (ajakoartha.com)