समयअगावै योजना निर्माण
barnanmedia.com · Mon Jun 01 07:49:06 GMT 2026

पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा यहाँ सञ्चालित सात वटा योजना समयअगावै निर्माण भएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुत तीन वटा बहुवर्षीय र चार वटा सालबसाली योजना निर्धारित समयअगावै सम्पन्न भएका हुन् । असहज अवस्थामा पनि सरकारसँग गरेको सम्झौताअनुसार जिम्मेवारी पूरा गरे पनि भुक्तानी भने समयमै पाउन नसकिएको व्यवसायीले गुनासो गरेका छन् ।
विसं २०८१ जेठ २० गते मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु १२ करोड ७६ लाख ३३ हजार ६४० मा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक गत फागुन महिनामै सम्पन्न भएको छ ।
Read full story at source (barnanmedia.com)