नियामकको निद्रा, कर्मचारीको अपराध : नयाँ वित्तीय नियम
onlinekhabar.com · Thu Jun 25 03:24:43 GMT 2026

हाल चर्चामा रहेको सम्पत्ति शुद्धीकरण तथा बीमा कम्पनीहरूको धितोपत्र बजारभित्रको दुराचार सम्बन्धी मुद्दाहरूले लगानीकर्ता तथा सरोकारवालाहरू बीच गम्भीर चासो उत्पन्न गराएका छन् । यस्ता घटनाक्रमहरूले बजारको स्थायित्वमा नकारात्मक प्रभाव पारेका मात्र होइन, करिब ८० लाख लगानीकर्ताको विश्वास र भरोसामा समेत उल्लेखनीय क्षति पुर्याएको छ ।
यस पृष्ठभूमिमा, सम्बन्धित नियामक निकायहरूको भूमिका, आचरण तथा संस्थागत उत्तरदायित्वको गम्भीर र वस्तुनिष्ठ मूल्यांकन गर्नु आवश्यक तथा औचित्यपूर्ण देखिन्छ । लाइसेन्स प्रदान गर्ने, सुपरीवेक्षण गर्ने तथा कार्यान्वयन गर्ने अधिकार प्राप्त वैधानिक निकायका रूपमा नियामकहरूलाई उचित परीक्षण अपनाउने, नियामक अनुपालन सुनिश्चित गर्ने तथा प्रणालीगत जोखिम पहिचान एवं न्यूनीकरण गर्ने स्पष्ट कानूनी दायित्व रहन्छ ।
Read full story at source (onlinekhabar.com)