एमसीसी परियोजनामा २९ अर्ब ३४ करोड बजेट विनियोजन, पूँजीगत खर्चमा उच्च वृद्धि
ajakoartha.com · Mon Jun 01 08:12:00 GMT 2026

काठमाडौं- सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि आगामी आर्थिक वर्षमा २९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल अन्तर्गत कुल २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको हो। यसमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखिएको छ।
Read full story at source (ajakoartha.com)