कांग्रेसको प्रश्न– भारतले हाम्रो भूमि माग्यो भने कुन भूभाग दिने हो ?
shilapatra.com · Mon Jun 01 08:56:00 GMT 2026

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह बालनेको आइतबारको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, अपरिपक्व र राष्ट्रिय स्वाभिमानमाथिको आघात भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीले आइतबार संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति कांग्रेसको औपचारिक असहमति रहेको बताए ।
उनले प्रधानमन्त्रीले आफ्नो भनाइको आधार स्पष्ट गर्नुपर्ने माग गर्दै नेपालले भारतको कुन भूभाग अतिक्रमण गरेको हो भन्ने विषयमा एक–एक इन्चको हिसाब दिनुपर्ने बताए । ‘यो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । भोलि भारतले हाम्रो भूमि फिर्ता माग्यो भने कुन भूभाग दिने हो ?,’ उनले भने ।
Read full story at source (shilapatra.com)