प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस सांसद राईको आपत्ति, संसदमै जवाफ दिनुपर्ने माग
kendrabindu.com · Mon Jun 01 09:04:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषयले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताए । उनले भने, ‘आज यो संसदमा उभिँदा मेरो शिर निहुरिएको महशुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’
Read full story at source (kendrabindu.com)