दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
gorkhapatraonline.com · Thu Jun 25 04:45:02 GMT 2026

झापा, असार ११ गते । जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहनुभएको छ । पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास ब्युँताउने नाम बन्नुभएको छ ।
नेपालमा डेढ सय वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष हुनुहुन्छ । उहाँले नै ‘बैजनी ढाँडे बुङ्गे’ चरा नेपालमा पहिलोपल्ट फेला पार्नुभएको अभिलेखीकरण भएको छ ।
Read full story at source (gorkhapatraonline.com)