अब विवरण प्राप्त भएको २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापिने
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अब नयाँ लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएसँगै विगतदेखिको ‘ब्याकलग’ अन्त्य भएको हो। पहिलो चरणमा वि.सं. २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो।