बारेकोट गाउँपालिकाले पारित गर्यो ५८ करोड दुई लाखको बजेट
gorkhapatraonline.com · Thu Jun 25 04:58:21 GMT 2026

जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ। बुधबार सम्पन्न २३औँ गाउँसभा तथा ९औँ बजेट अधिवेशनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष नरबहादुर गिरिको तर्फबाट वडा नं। २ का अध्यक्ष वीरबहादुर घर्तीले सभामा बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि विस्तृत छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)