नवलपुरमा पहिचान नभएका शव जमिनमुनि व्यवस्थापन गरिने
annapurnapost.com · Sat Aug 29 07:30:41 GMT 2026

नवलपुर : रसुवाको भोटेकोशीमा आएको बाढीपछि नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ। शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन्।
खड्काको अध्यक्षतामा शनिबार बसेको बेवारिसे शव व्यवस्थापन समितिको बैठकले ती शवहरूलाई गाड्ने औपचारिक निर्णय गरेको हो। 'पहिचान भएका शवलाई आफन्तको जिम्मा लगाइनेछ। क्षतविक्षत अवस्थामा रहेका र पहिचान गर्न कठिनाइ हुने शवलाई भने जमिनमुनि व्यवस्थापन गर्ने निर्णय लिएका हौँ,' खड्काले भने।
Read full story at source (annapurnapost.com)