झापामा प्रहरीको स्वीप अपरेसन : एकैदिन ३६ जना पक्राउ
gorkhapatraonline.com · Thu Jun 25 05:40:24 GMT 2026

झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा विभिन्न स्थानबाट २९ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)