ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क
nepalnews.com · Thu Jul 16 15:43:33 GMT 2026

वासिङ्टन। अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि ब्राजिलले अनुचित व्यापारिक अभ्यास गरेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरिएको जनाएको हो।
अमेरिकाका अनुसार नयाँ शुल्कको उद्देश्य विश्वको दशौँ ठूलो अर्थतन्त्र ब्राजिलसँगको व्यापारिक असन्तुलन र अनुचित व्यापारिक अभ्यासलाई सम्बोधन गर्नु हो। तर अमेरिकी आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ।
Read full story at source (nepalnews.com)