सात दिनभित्र उखु अनुदान भुक्तानी गर्ने प्रशासनको प्रतिबद्धतापछि रौतहटका किसानको आन्दोलन स्थगित
nagariknews.nagariknetwork.com · Thu Jul 16 15:54:18 GMT 2026

रौतहटका उखु किसानले लामो समयदेखि रोकिएको करिब ७ करोड रुपैयाँ बराबरको सरकारी अनुदान रकम सात दिनभित्र भुक्तानी प्रक्रिया अघि बढाइने प्रशासनको प्रतिबद्धतापछि आफ्नो आन्दोलन स्थगित गरेका छन्।
प्रति क्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराइने सरकारी अनुदान रकम असार मसान्तसम्म पनि भुक्तानीका लागि सिफारिस नभएपछि रकम फ्रिज हुने अवस्था सिर्जना भएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूले तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)