मानसरोवर कैलाशको दर्शन गर्न आउँदै भारतीय पर्यटक
gorkhapatraonline.com · Mon Jun 01 10:59:35 GMT 2026

नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक आउन सुरु भएको छ । ती धार्मिक पर्यटकहरु नेपालगञ्जबाट कर्णाली करिडोर हुँदै पैदल मार्गबाट सिमकोटसम्म आइपुग्नु भएको हो ।
भारतबाट आफ्नै सवारी साधनमा नेपालगञ्ज सुुर्खेत हुँदै सिमकोटसम्म भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनुभयो । उहाँले पहिलो दिन चारवटा साना गाडी र छ वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटका सवारी साधनमा पर्यटकहरु सिमकोटसम्म आइपुगेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)