आइतबार संसदमा भएको घटनाको छानबिन गर्न सरकारले बनायो समिति
annapurnapost.com · Mon Jun 01 11:06:45 GMT 2026

काठमाडौं : सरकारले आइतबार संसदमा भएको घटनाको छानबिन गर्न समिति बनाएको छ। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानीनोक्सानी र क्षति पुर्याउने कार्य भएको भन्दै सभामुख डीपी अर्यालले समिति बनाएका हुन्।
समितिले ७ दिनभित्र प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाउने छ।
Read full story at source (annapurnapost.com)