इन्टरनेटको विकासलाई थप सुदृढ बनाउन चीनद्वारा नयाँ परीक्षण उपग्रह सफल प्रक्षेपण
corporatenepal.com · Mon Jun 01 11:39:24 GMT 2026

बेइजिङ । चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।
चिनियाँ समयअनुसार बिहान २ बजेर ७ मिनेटमा वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक स्थापित भएको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ । प्रक्षेपण प्रक्रिया पूर्ण रूपमा सफल रहेको र उपग्रहले आफ्नो प्रारम्भिक कार्य सञ्चालन सुरु गरिसकेको बताइएको छ ।
Read full story at source (corporatenepal.com)