हिमालय एअरलाइन्स्ले काठमाडौँ–सेन्जेन–काठमाडौँ सिधा उडान सुरु गर्ने
corporatenepal.com · Mon Jun 01 11:44:26 GMT 2026

काठमाडौँ । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले यही जुन ४ देखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनबीच सिधा उडान सुरु गर्ने भएको छ ।
मुख्य लगानी चिनियाँ रहेको हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सिधा उडान सुरु गर्न थालेको हो । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको हिमालय एयरलाइन्सको भनाई छ ।
Read full story at source (corporatenepal.com)