महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ -मन्त्री डा. तिमिल्सिना
kendrabindu.com · Thu Jun 25 07:22:23 GMT 2026

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन् ।
पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताए । “रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन । महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो”, उनले भने, “पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।”
Read full story at source (kendrabindu.com)