पल्सर आरपीएम सम्पन्न, युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्स
neplays.com · Mon Jun 01 12:07:12 GMT 2026

काठमाडौं। पल्सर आरपीएमद्वारा आयोजित ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजित कार्यक्रमले युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गरेको थियो।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता विविध आकर्षक प्रस्तुतिहरू समावेश थिए। नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर पाएका थिए। दर्शकहरूले पनि उत्साहजनक सहभागिता जनाउँदै प्रस्तुतिहरूको भरपुर मनोरञ्जन लिएका थिए।
Read full story at source (neplays.com)