अस्पतालमा आफन्त नभएका बिरामीलाई महानगरले केयरटेकरको व्यवस्था गरेको छ : सुनिता डंगोल
onlinekhabar.com · Sat Aug 29 07:51:03 GMT 2026

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीबाट घाइते भई उपचाररत विरामीहरुको लागि महानगरले केयरटेकरको व्यवस्था गरेको जानकारी गराएकी छन् ।
‘उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र होइन । यसैले अहिले परिवारका कोही साथमा नभएका बिरामीहरूका लागि काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गरिरहेको छ,’ कार्यबाहक प्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘उद्धार भनेको ‘तपाईं एक्लो हुनुहुन्न, तपाईंको ख्याल गर्ने कोही छ’ भन्ने अनुभूति दिलाउनु पनि हो । अझ एउटा कुरा आज झन् गहिरो गरी महसुस भयो हामीले उद्धारसँगै पुनर्स्थापनाको पनि सोच्नुपर्छ ।’
Read full story at source (onlinekhabar.com)