उत्तर कोरिया केन्द्रित संयुक्त सैन्य अभ्यास गर्दै अमेरिका, दक्षिण कोरिया र जापान
setopati.com · Sat Aug 29 07:51:09 GMT 2026

अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको मिसाइल तथा परमाणु हतियारको धम्की विरुद्ध पूर्वतयारी परीक्षण गर्न सेप्टेम्बर ९ देखि ११ सम्म संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएका छन्।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले शुक्रबार एक विज्ञप्ति जारी गर्दै 'फ्रीडम एज' नामक सो वार्षिक अभ्यास रक्षात्मक प्रकृतिको हुने बताएका छन्। दक्षिण कोरियाको दक्षिणी टापु जेजुको दक्षिण र पूर्वमा पर्ने अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा सो अभ्यासको आयोजना गरिने छ।
Read full story at source (setopati.com)