नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त
ratopati.com · Mon Jun 01 12:09:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्। धनकुटा निवासी कटुवाललाई सोमबार पार्टी सभापति गगनकुमार थापाले संघको रिक्त अध्यक्ष पदमा नियुक्त गरेका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गतेको बैठकले गरेको निर्णय बमोजिम सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) को अधिकार प्रयोग गरी कटुवाललाई यो जिम्मेवारी दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ratopati.com)