कतारको रास लाफान विस्फोटमा घाइते ५ नेपालीमध्ये ३ जना डिस्चार्ज
onlinekhabar.com · Thu Jun 25 07:44:17 GMT 2026

१० असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् ।
Read full story at source (onlinekhabar.com)