बाढी पीडितको उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग
baahrakhari.com · Thu Aug 27 10:21:18 GMT 2026

काठमाडौं । नासा सेक्युरिटिजले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहत कार्यमा सहयोग पुर्याउन ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोशी तटीय क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढीले पुर्याएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ ।
विपदका बेला संकटमा परेका नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत वितरण कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)