भोटेकोसी बाढी प्रभावित क्षेत्रबाट फर्किएपछि,आङ्देम्बेद्वारा प्रधानमन्त्री शाहलाई ९ बुँदे ध्यानाकर्षणपत्र
canadanepal.com · Sat Aug 29 07:57:55 GMT 2026

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आङ्देम्बेले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थलगत रूपमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनी नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।
Read full story at source (canadanepal.com)